• बैशाख १९ २०८२, शुक्रबार

बुधबार देशभर सार्वजनिक बिदा

माघ १८ २०७८, मंगलवार

काठमाडौँ। सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही  निर्णय बमोजिम मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो।

‘बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।