काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको भाउ तोलाको ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ ।आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।