• बैशाख १८ २०८२, बिहीबार

मित्रपार्कमा कुटपिटबाट युवकको मृत्यु, दुई जना पक्राउ

माघ १७ २०७८, सोमबार

काठमाडौँ। काठमाडौंको मित्रपार्कमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

मित्रपार्कबाट गौरीघाटतर्फ जाने ओरालोस्थित सडक खण्डमा करिब २२ वर्षीय युवक गए राति घाइते अवस्थामा प्रहरीले फेला परेको हो।

उनलाई तत्काल नेपाल भारत मैत्री अस्पताल मित्रपार्क लगिएको थियो। अस्पतालले १५ मिनेटपछि उनलाई मृतक घोषणा गरेको प्रहरीले बताएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। सिफल बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका ७ घर भइ चाबहिल बस्ने २८ वर्षीय सुरेस दर्नाललाई पक्राउ गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।