• मंसिर २ २०८१, आईतवार

ओमिक्रोन लागेमा यी जडिबुटी खानुस्, तत्काल निको हुन्छ !

माघ १७ २०७८, सोमबार

काठमाडौँ । मौसम चिसोको छ । त्यसमा पनि संसारमा कोरोना भाइरसका नयाँनयाँ प्रजातीहरु आएर मानव जीवनमा समस्या थोपरेको थोपर्यै छन् । ओमिक्रोनको चपेटामा परेर संसारले अहिले कहर काटिरहेको अवस्था छ । यदि तपाईंलाई ओमिक्रोन लागि नै सकेको छ र अथवा जाडो मौसममा लाग्ने मौसमी रुघाखोकी जस्तै अरु कुनै समस्या आएको छ भने तलका कुरा अबलम्बन गर्नुभयो भने पक्कै पनि केहि राहत पाउनुहुनेछ ।

१) अदुवा र महको सेवन: हरेक राती सुत्नुभन्दा पहिले अदुवा पिसेर महसँग मिलाएर खाने । यसरी मिसाएर खानाले तपाईंको घाँटीको समस्या तथा खोकीलाई आराम हुनजान्छ । अदुवा र मह यसरी मिलाएर खाएको खण्डमा मानिसको रोग प्रतिरोध क्षमता पनि मजबुत हुन जाने आयुर्वेदका ज्ञाताहरु बताउँछन् । तपाईंलाई यो पनि थाहा हुनुपर्छ कि अदुवामा एन्टीव्याक्टेरियल तथा एन्टी फङ्गल गुण रहेको हुन्छ । जसको कारण अदुवा हामीलाई लाभकारी रहेको छ । अदुवामा औषधीय गुण रहेको हुन्छ । अदुवाको सेवनले हाम्रो शरीरलाई भित्रैदेखि बलियो बनाउन सहयोग गर्छ ।

२) यदि तपाईंलाई ओमिक्रोन वा अन्य कुनै रुघाखोकी जस्तो कुनै रोगले छोइसकेको छ भने गार्गीलिङ गर्ने गर्नुपर्छ । एक गिलास तातो (सकिने जति तातो) पानीमा एक चम्चा वा आधा चम्चा नुन घोलेर दिनमा ३ पटक त्यस्तो गार्गीलिङ गर्दा रुघाखोकी लगायतको समस्यालाई केहि राहत हुन जान्छ । यसरी गार्गीलिङ गर्दा घाँटीको समस्या धेरै सुधार हुनजान्छ । यदि घाँटी सुन्निएको छ वा घाँटी दुखिरहेको छ भने पनि यस्तो गार्गीलिङबाट धेरै आराम पाइन्छ ।

३) यदि तपाईंलाई ओमिक्रोन संक्रमित नै भइसकेको छ र तपाईं छिट्टो निको हुन चाहनु हुन्छ भने तपाईंले एक गिलास तातो दुधमा एक चम्चा कालो मरिचको धुलो, आधा चम्चा बेसारको धुलो र एक चम्चा मह मिसाएर खानुहोस् । यसरी सेवन गर्दा तपाईंको रोग प्रतिरोध क्षमता मजबुत हुनजान्छ । रुघाखोकी जस्ता लक्षणहरु भएको समयमा पनि यस्तो खानाले धेरै राहत पाइन्छ । कालो मरिचको धुलो, तातो दुध, बेसारको धुलो र मह मिसाएर खाएको खण्डमा मानिसको कमजोरी समेत हटेर शरीरमा स्फूर्ती उत्पादन हुन जान्छ ।

४) रुघाखोकी र ओमिक्रोनबाट संक्रमित मानिसहरुले नियमित वाफ समेत लिनुपर्ने स्वास्थ्य क्षेत्रका जानकारहरुले बताउने गरेका छन् ।