• बैशाख १८ २०८२, बिहीबार

राष्ट्रपति समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

माघ १७ २०७८, सोमबार

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन पेश गरेका हुन्।

राष्ट्रिय सभा निर्वाचनको दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ सहितको प्रतिवेदन पेश गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।