काठमाडौँ। काठमाडौंको बौद्धबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले आइतबार राति बौद्धस्थित एक रेष्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ८ महिला र ६६ पुरुष गरी ७४ जना रहेका छन्।
दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ नगदसहित मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन बरामद भएको प्रहरीको भनाइ छ।