• बैशाख १८ २०८२, बिहीबार

२८ करोड राजश्व छली आरोपित उमाशंकर २५ हजार धरौटी बुझाएर रिहा

माघ १६ २०७८, आईतवार

काठमाडौँ। २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन्। यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका रायभर सर्वोच्च अदालतले उनको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।

सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन्।

सर्लाहीका सरोजकुमार मिश्राले उनको नागरिकता दुरुपयोग गरेर कम्पनी खोलेर राजश्व छली गरेको खुलेपछि सर्वोच्च अदालतले धरौटी घटाएको हो।

रायभरको नाममा मिश्रले विभिन्न कम्पनीबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले उच्च अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा रायभरसमेत थिए । मिश्रले रायभरको नाममा संस्था खोलेर राजश्व छली गरेको पाइएको सर्वोच्चको फैसलामा उल्लेख गरेको छ। रायभरको आर्थिक र पारिवारिक अवस्था हेरेर सर्वोच्च अदालतले धरौटी घटाएर रिहा गरेको हो।