काठमाडौँ। देशभर थप ३,५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९,९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३,२३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी जम्मा ३,५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यसैगरी संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । माघ १३ गतेदेखि १६ गतेसम्म वीरेन्द्र अस्पतालमा १२ जना र बाँकी २० जना विभिन्न अस्पतालमा गरी ३२ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले बताइन् ।