• बैशाख १९ २०८२, शुक्रबार

सत्ता गठबन्धन बैठक: जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति

माघ १५ २०७८, शनिबार

काठमाडौं । सत्ता गठबन्धनको बैठकबाट आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव समेत दिएको बताउदै जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने प्रष्ट पारे ।