• बैशाख १८ २०८२, बिहीबार

कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि तनहुँ मालपोत एक साता बन्द

माघ १५ २०७८, शनिबार

मालपोत कार्यालय तनहुँ एक साताका लागि बन्द हुने भएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएसँगै कर्मचारीमा पनि अमिक्रोन भाइरसको लक्षण देखिन थालेपछि कार्यालयले एक साता कामकाज बन्द गर्न लागेको हो ।

मालपोत कार्यालय तनहुँले शुक्रबार एक सूचना जारी गर्दै आगामी माघ १६ गतेदेखि २१ गतेसम्म कार्यालयले प्रदान गर्ने लिखत पारित, रोक्का फुकुवा, नामसारी, दाखिल खारेज, संशोधन सम्बन्धी सेवाहरू स्थगित गरिएको जनाएको छ ।