काठमाडौँ। काठमाडौं उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्ने भएको छ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न संयुक्त बैठक बस्न लागेको काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार बैठक अपरान्ह बस्नेछ।
आजको बैठकमा यसअघि जारी गरेको आदेशको प्रभाव कस्तो रह्यो । अब कुन आदेशलाई निरन्तरता दिने कुन खोल्ने भन्ने विषयमा छलफल हुने उनले बताए।
हाल जारी सार्वजनिक यातायातमा जाेरविजाेर प्रणाली प्रभावकारी नभएकाे, यसले सवारी साधनमा झन भीडभाड बढेकाे र यसले जाेखिम समेत बढेकाे यातायात व्यवसायीकाे गुनासाे छ ।