• बैशाख १८ २०८२, बिहीबार

अनुमति बिना प्रान्क भिडियो बनाएर सामाजिक संजालमा राख्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

माघ १३ २०७८, बिहीबार

काठमाडौं । गृह मन्त्रालयले प्रान्क भिडियो बनाएर सामाजिक संजालमा राख्नेलाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा ख्यालठट्टा गर्ने मजाकको नाममा सर्वसाधारण व्यक्तीहरुको शारीरिक तथा मानसिक रुपमा हैरानी गर्ने भिडियो बनाएर सामाजिक संजालमा राख्ने गरेको गुनासो बढ्न थालेपछि त्यसउपर कारवाही गर्ने बताएको हो ।