• मंसिर ७ २०८१, शुक्रबार

चन्द्रमामा ठोक्किंदै ‘स्पेस डेब्रिस’ : दूर्भाग्यपूर्ण घटना निम्तदै

माघ १३ २०७८, बिहीबार

काठमाडौँ। स्पेस एक्सले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किने भएको छ । इन्धन सिद्धिएका कारण अन्तरीक्षमै ‘स्पेस डेब्रिस’का रुपमा रहेको उक्त रकेट अन्तरीषमा घुमिरहेको थियो । यसलाई रिचार्ज गरी पृथ्वीमा ल्याउन सकिने अवस्था पनि अहिले छैन ।

अनुसन्धानका लागि पठाइको उक्त यान इन्धन अभावका कारण पृथ्वीमा फर्कन असफल भएको थियो । अन्तरीक्षमा घुम्दै गर्ने क्रममा उक्त ‘स्पेस डेब्रिस’ चन्द्रमाको नजिक पुगेको छ ।

अमेरिकी प्रविधि व्यवसायी एलन मस्कले स्पेस एक्स मार्फत् अन्तरीक्ष अन्वेषण गर्ने क्रम जारी राखेका छन् । सोही कम्पनीले प्रक्षेपण गरेको रकेट चन्द्रमामा ठोक्किने भएपछि यसले सबैमा चिन्ता र चासो बढाएको हो ।

मस्कको कम्पनीले स्पेस एक्सद्वारा निर्मित फाल्कोन–९ बुस्टर रकेट चन्द्रमामा ठोकिएर ध्वस्त हुन लागेकाले यो अनुसन्धानकर्ताका लागि निकै पीडाको विषय बन्दै गैरहेको छ ।

सन् २०१५मा प्रक्षेपण गरिएको उक्त रकेटले आफ्नो मिसन पूरा गरे पनि इन्धन अभावका कारण पृथ्वीमा फर्काउन नसकिएको स्पेस एक्सले स्वीकार गरिसकेको छ ।

खगोलविद्ले यो घटनालाई चिन्ताका साथ नियालिरहेका छन् । पहिलो पटक अनियन्त्रित रकेट चन्द्रमामा ठोक्किने दुर्भाग्यपूर्ण घटनाका रुपमा यसलाई लिइने भएको छ ।

चन्द्रमामा ठोक्किन पुगेमा यसबाट चन्द्रमालाई खासै क्षति नहुने आँकलन गरिएको छ । सात वर्षअघि अन्तरीक्षको मौसम मापन गर्ने एउटा भू–उपग्रह छाड्नका लागि फाल्कोन–९ बुस्टर अन्तरीक्षमा पठाइएको थियो ।

इन्धन सकिए पछिको अवस्थामा उक्त रकेट कहिले पृथ्वीतिर, कहिले चन्द्रमातिर त कहिले सूर्यतिर ढल्कने गरिरहेको थियो । यी तीन शक्तिको गुरुत्व बलले यसलाई यता र उति नचाइरहेको थियो ।