• बैशाख १८ २०८२, बिहीबार

काठमाडौँबाट नक्कली मास्कसहित ४ जना पक्राउ

माघ १३ २०७८, बिहीबार

काठमाडौँ। काठमाडौँबाट नक्कली मास्कसहित चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अमेरीकन ब्राण्ड थ्रीएम मास्क तथा थ्रीएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका माक्स नेपाली बजारमा बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की, भोटेबहाल बस्ने श्रयान्स लावती, सङ्खुवासभाको सभापोखरी घर भइ सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल र भारतको राजस्थानका यश अग्रवाल रहेका छन् ।

साथै महालक्ष्मी इशान इन्टरप्राइजेजबाट ४ हजार १ सय ९४ थान र अनेष्ट सप्लायर्सबाट १ हजार ९ सय २० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरेको छ ।

बरामद मास्कसहित उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।