• मंसिर १४ २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा थप ८,०१७ जनामा कोरोना पुष्टि, १५ को मृत्‍यु

माघ १३ २०७८, बिहीबार

काठमाडौँ। देशभर थप ८ हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी जम्मा ८ हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।