काठमाडौँ। देशभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८८३ जनामा गरी जम्मा ८,४५४जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ, भने ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।