• बैशाख ६ २०८२, शनिबार

माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोलेर सबै विद्यार्थीलाई खोप लगाइने

माघ ११ २०७८, मंगलवार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय ६ दिन खोलेर सबै विद्यार्थीलाई खोप लगाउने भएको छ ।

माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको हो । सो खोलिएको दिनमा खोप लगाउने समेत भएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।