• मंसिर १३ २०८१, बिहीबार

‘ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्छः डब्लुएचओ, जानकारीका लागि यो न्यूज सक्दो सेयर गरौं !

माघ १० २०७८, सोमबार

काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनले यो महामारीलाई अन्त्य गर्न सक्ने विश्वास व्यक्त गरेको छ । डब्लुएचओको युरोप क्षेत्रीय संगठनले पछिल्लो चरणमा यस्तो धारणा बाहिर ल्याएको हो ।

डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लगले यस्तो बताएका हुन् । निर्देशक क्लगले भने, ‘ओमिक्रोनले युरोपलाई महामारीको अन्त्यको खेलतर्फ लिंदैछ ।’ निर्देशक क्लगका अनुसार मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुन सक्छन् ।

युरोपलाई छपक्कै छोपेको यो ओमिक्रोन केही महिनापछि शान्त रहने निर्देशक क्लगको विश्वास रहेको छ । कोभिड खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुमा रोग प्रतिरोधात्मक क्षमता बढेको समेत उनले बताए । यस वर्षको अन्तिमतिरबाट विश्व कोभिड आंतकबाट शान्त बन्ने उनको भनाई छ ।