काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । कोरोना महामारीबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ । यो संगै पेट्रोलको नयाँ मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ। एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ।