काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई एटिएमका ढोकाहरू खुला राख्न निर्देशन दिएको छ ।
कोभिड–१९ सङ्क्रमण बढेपछि सोमबार बैंकहरुलाई चार बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंकका शाखा कार्यालयहरूमा भौतिक दूरी कायम गर्न भनेको छ भने सङ्क्रमण सर्न सक्ने भन्दै एटिएमका ढोकाहरू खुला राख्न निर्देशन दिएको हो ।
राष्ट्र बैङ्कले सभा, समारोह वा सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यमबाट सम्पन्न गराउनसमेत भनेको छ ।
स्यानिटाइजर तथा मास्क अनिवार्य गरेर उच्च सावधानीका साथ सेवा उपलब्ध गराउन बैंकहरुलाई भनिएको छ ।