काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय मातहतका कर्मचारीलाई भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन् ।
गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९:५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताएका हुन् ।
उनले सरकारी कार्यालयहरूमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने बताए । उनले हाल नागरिकता, ई-पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरूले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको समेत बताए ।
काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकाय, गृहमातहतका निकायहरूलाई ओभरटाइम नदिए पनि कम्तीमा खाजा खाने भत्ता दिनका लागि समेत आग्रह गरेको बताएका छन् ।