काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेकाे छ । बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलमा पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ ।