• मंसिर ८ २०८१, शनिबार

ब्ल्याकबेरीले क्लासिक फोन बन्द गर्दै

पुष १९ २०७८, सोमबार

ब्ल्याकबेरी कम्पनीले मंगलबारदेखि आफ्नो क्लासिक फोनहरु बन्द गर्दैछ । क्यानेडियन सफ्टवेयर कम्पनी ब्ल्याकबेरीले जनवरी ४ देखि अर्थात् मंगलबारदेखि ब्ल्याकबेरी १०, ७.१ ओएस र यो भन्दा अघिल्ला संस्करणमा चल्ने फोनहरू सबै बन्द गर्ने घोषणा गरेको हो ।

योसँगै फोनहरुमा फोनकल, मेसेज, इन्टरनेट, डेटालगायत सम्पूर्ण सेवा बन्द हुनेछ । सिएनएनका अनुसार फोनमा हुने इमर्जेन्सी सेवाहरू पनि बन्द हुनेछ । यो नियम ब्ल्याकबेरीको पुराना संस्करणका फोनहरुमा लागू हुने हो ।

एन्ड्रोइड अपरेटिङ सिस्टम भएका ब्ल्याकबेरीको फोनहरु भने प्रयोगकर्ताले अझै चलाउन सक्ने बताइएको छ । पछिल्लो समय एप्पल र एन्ड्रोइडका विभिन्न मोडलको फोनहरूको प्रयोग बढ्दो छ ।

यस्तोमा ब्ल्याकबेरीको बजार भने सुस्ताउँदै गयो । कम्पनीले पछिल्लो पटक सन् २०१३ मा नयाँ संस्करण सार्वजनिक गरेको थियो । तर त्यसले पनि बजार लिन सकेन । सन् २००० देखि नै ब्ल्याकबेरीको बजार खस्किएको हो भन्दा फरक पर्दैन ।

कम्पनीले सन् २०२० को सेप्टेम्बरदेखि ब्ल्याकबेरी लिमिटेड नामबाट संसारका विभिन्न राष्ट्रहरूमा सेक्युरिटी सफ्टवेयर र इन्टरप्राइजहरूलाई सेवा पुर्याउने बताएको थियो तर योजनाअनुरुप काम हुन सकेन । त्यसैले पनि अब कम्पनीद्वारा उत्पादित पुराना संस्करणको फोनहरू सदाको लागि बन्द हुँदैछ ।