केप टाउन । दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ। आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको समाचार संस्था एएफपीले जनाएको छ।
ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको बताइएको छ।
आगलागी कसरी सुरू भयो भन्ने खुल्न सकेको छैन।