• मंसिर १८ २०८१, मंगलवार

बिरालोले आफ्नो दिसा किन लुकाउँछ ?

पुष १६ २०७८, शुक्रबार

कुकुर र बिरालो परम्परागत शत्रु भएकोले कुकुरले आफ्नो उपस्थितिको बारेमा जानकारी नपाओस् भन्ने उद्देश्यले बिरालोले आफ्नो दिसा छोप्ने गर्छ भन्ने पुरानो मनगढन्ते तर्क छ । तर, बिरालोले किन आफ्नो दिसा छोप्छ ? यसको मुख्य कारण यस्तो छ ।

प्राकृतिक रूपमा बिरालोले आफ्नो सीमा निर्धारण गर्न वा आफ्नै प्रजातिका अन्य सदस्यहरूलाई आफ्नो सीमा बारेमा जानकारी दिसा, पिसाब वा शरीरबाट निस्कने अन्य पदार्थहरू छोप्छ । मानौं, कुनै भुस्याहा बिरालोले आफ्नो सीमा

तोकेको छैन र अरू बिरालोहरूसँग आफ्नो क्षेत्रका लागि लड्न सक्ने क्षमता नहुँदा आफू बसिरहेको क्षेत्रमा राज गरिरहेको बिरालोले आफू त्यहाँ भएको थाहा नपाओस् भन्नका लागि आफ्नो दिसा छोप्ने गर्दछ ।

त्यसैगरी, घरपालुवा बिरालोले चाहिँ आफ्नो, घर मालिकले नै आफ्नो क्षेत्रमा अधिकार जमाइसकेको महशुस गर्ने हुँदा बिरालोले आफ्नो दिसा छोप्ने धेरै वैज्ञानिकहरूको तर्क रहेको छ ।