• मंसिर १३ २०८१, बिहीबार

चन्द्रागिरि टिकट बुकिङ्गमा ३०% छुट

पुष १६ २०७८, शुक्रबार

काठमाडौँ, १६ पुस । आइएमई ग्रुपले सञ्चालनमा ल्याएको र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत् चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यासब्याकको अफर सार्वजनिक गरेको छ ।

सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि १२/२९/२०२१ देखि ०१/०१/२०२२ सम्म रहेको छ । र सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा :

झण्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत् भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट बञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।