• बैशाख १२ २०८२, शुक्रबार

चालु आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ३१ घटना

पुष १३ २०७८, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका विभिन्न ३१ घटना भएका छन् ।

प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार आ.व.२०७८/०७९ को २०७८ साउन १ देखि २०७८ मङ्सिर मसान्तसम्ममा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएको पाइएको हो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिअनुसार गिरफ्तारीका ५, कब्जा/अवरोधका २, आक्रमणका २, धम्की/दुर्व्यवहारका १२ र पेसागत असुरक्षाका १० घटना भएका छन् ।

प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १७ वटा घटना भएको छ भने प्रदेश नं.२, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २/२ वटा घटना रहेको छ ।

गत आर्थिक बर्ष ०७७/७८ मा भने ६१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएको प्रवक्ता खनालले जनाउनुभयो । काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्नुका साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवं अनुगमन गर्दै आएको छ । प्रेस स्वतन्त्रता हननका घटनाबारे जानकारी गराउन प्रेस काउन्सिल नेपालले अपिल समेत गरेको छ ।