• मंसिर ८ २०८१, शनिबार

नासाले अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप राख्ने

पुष १० २०७८, शनिबार

अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा)ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी गरेको छ ।

शनिबार दक्षिण अमेरिकाको उत्तरपूर्वी समुद्री क्षेत्रबाट यो टेलिस्कोप प्रक्षेपण गरिनेछ । नासाले ९ अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गर्न लागेको हो । यसले अहिलेको टेलिस्कोपले भन्दै निकै टाढाको तस्बिर लिन सक्छ ।

रोयटर्सका अनुसार अहिले प्रक्षेपण गर्न लागिएको इन्फ्रारेड टेलिस्कोप आगामी दशकमा अन्तरिक्षको खोजको लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । सबै कुराहरु योजना अनुसार चलेको अवस्थामा १४ हजार पाउण्डको यो उपकरणलाई २६ मिनेटमा अन्तरिक्षमा उतारिनेछ ।

यो टेलिस्कोपलाई नासा, युरोपेली स्पेस एजेन्सी र क्यानडेली स्पेस एजेन्सीले बनाएका हुन् । नासाको नयाँ टेलिस्कोपमा एक गोल्डेन मिरर राखिएको छ । यसको चौडाइ करिब २१.३२ फिट रहेको छ ।

यो मिरर बेलेलियमबाट बनेको १८ षटकोणलाई जोडेर बनाइएको छ । प्रत्येक टुक्रामा ४८.२ ग्राम सुन प्रयोग गरिएको छ ।

यसले परावर्तकको रुपमा काम गर्नेछ । यसलाई १५ लाख किलोमिटरको उचाइमा स्थापित गरिनेछ । यसले पुरानो हबल टेलिस्कोपलाई विस्थापित गर्नेछ ।