• मंसिर १८ २०८१, मंगलवार

बढी शुल्क असुल्न थालेपछि विद्यार्थीले गरे कलेजमा तालाबन्दी

पुष ६ २०७८, मंगलवार

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क असुल्न थालेपछि काठमाडौं मेडिकल कलेजका विद्यार्थीले कलेजमा तालाबन्दी गरेका छन् ।

नेकपानिकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य महेश अधिकारीले चिकात्सा शिक्षा आयोगले उपत्यकामा एमबिबिएस र बिडिएसका विद्यार्थीलाई तोकोको भन्दा बढी रकम तिर्न उर्दी जारी गरेपछि विद्यार्थीले उक्त कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेको बताए ।

चिकित्सा शिक्षा आयोगले उपत्यकामा एमबिबिएस र विडिएसका विद्यार्थीलाई तोकोको रकम ४०,२३,२५० हो र सो भन्दा २० लाख रूपैयाँ बढी तिर्न मेडिकल कलेजले उर्दी जारी गरेको र बिडिएसका विद्यार्थीलाई पनि ६ लाख वढी रकम तिर्न सूचना जारी गरेको छ । कलेजले विभिन्न बहाना र शर्त तेर्साएर ठूलो रकम तिर्न दवाब दिएपछि सो रकम कुनैपनि हालतमा नतिर्ने भन्दै एमबिबिएस र बिडिएसका विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

आन्दोलनरत  काठमाडौं मेडिकल कलेजका विद्यार्थीले राखेको माग यस प्रकार रहेका छन् ।

१) कलेजले भविष्यमा आयोगले तोकेको बाहेक अन्य शुल्क लिनेछैन भनेर लिखित प्रतिबद्धता दिनुपर्ने ।

२) करारनामाको नाममा विद्यार्थीलाई अनावश्यक दबाब दिन नपाइने ।

३) छात्राबास अनिवार्य गराएर एउटा कोठाको केवल लजिङ्को लागि २४,००० र त्यो पनि मंसिर १९ गतेबाट गणना गरिने कुरा छ । साथै वार्षिक ५५ को दरले होस्टेल शुल्क छात्राबास शुल्क बढाउने कुरा छ । यसरी यस्ता बुदाका नाममा हामी विद्यार्थीलाई लुट्ने कुरा हामीलाई कदापी मान्य हुनेछैन । अनि ऐच्छिक छात्राबासको व्यवस्था गर्न हामी जोडदार माग गर्दछांै ।

४) शिक्षण शुल्कमा लाग्ने कर हामी विद्यार्थीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने कुरा कदापी मान्य हुने छैन ।

५) शिक्षण शल्कमा भर्ना, परीक्षा, सामुदायिक तालिम लगायत सबै शिक्षणका लागि आवश्यक पर्ने शुल्कहरू पर्छ । र यसका साथै आयोगले निकालेको सूचनाहरू अनुसार चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्क बाहेकका अन्य सबै–शुल्क ऐच्छिक हुन् तर यस्ता ऐन तथा कानुनहरुको प्रवाह नगरी लिन खोजेका अतिरिक्त शुल्कहरु लिन खोजिएका अतिरिक्त शुल्कहरू हामी तिर्न बाध्य छैनौं र त्यस्ता शुल्कहरु ऐन सङ्गत पनि नभएकोले अविलम्व खारेज गरियोस् ।

६) छात्राबास अनिवार्य, मेस अनिवार्य र फेरि मेसमा पनि भ्याट लाउने कुरा हामीलाई कदापी मान्य हुनेछैन ।

७) अध्ययन अवधी भर विद्यार्थीले गर्नुपर्ने उपचार र स्वास्थ्य जाँच जस्ता कुराहरुमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गर्न माग गर्दछौं ।

८) कलेजले अध्ययन अवधीभर विद्यार्थीलाई, अतिरिक्त शुल्कका साथै अन्य अन्यायपूर्ण कामहरू गर्न खोजेमा हामी त्यसको विरुद्ध निस्फिक्री रूपमा त्यसको विरोध गर्नेछौं ।

९) अध्ययन अवधीभर भवितव्य भई विद्यार्थीको स्वास्थ्यमा खलल परेर पढ्न नसक्ने भएमा र अझै मृत्यु हुन गएमा विद्यार्थीले सम्पूर्ण अवधिको पूरा शुल्क फिर्ता हुने छैन भन्ने जस्ता हास्यास्पद शर्तहरू हामी मान्न तयार छैनौं । त्यसको घोर विरोध गर्दै त्यस्ता बुँदाहरू तत्काल खारेज गर्न माग गर्दछौँ ।

१०) कलेजले आयोगका निर्णयहरू अविलम्व मान्न र शान्त र ऐन सङ्गत तरीकाबाट हामीले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चित गर्नु सबै सम्बन्धित निकायहरूको कर्तव्य हो । त्यसैले हाम्रा मागहरु अविलम्ब पुरा गरी हाम्रो भविष्य हामीलाई ऐनले तोकेको शुल्कमा पढ्ने वातावरणको व्यवस्था गर्न जोडदार माग गर्दछौं ।