• बैशाख ११ २०८२, बिहीबार

भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार

पुष २ २०७८, शुक्रबार

भुटान । भुटानले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ ।

भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोष्टमा शुक्रबार भारतीय प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीलाई उक्त पुरस्कारबाट सम्मानित गरेको जानकारी दिएको छ ।

भूटानी नरेशले सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुशी व्यक्त गरेका छन् । भुटानी राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौंको सहयोग र विशेष गरी कोभिड–१९को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गरेका छन्।

भुटान नरेशले भारतद्वारा बिना शर्त बर्षौदेखि पुर्‍याउँदै आएको र विशेष गरी महामारीको दौरान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको बताएका छन् । पुरस्कारका लागि भुटानका नरेश र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ दिएको छ ।

महामारी सुरु भएदेखि नै भारतले भूटानलाई कोभिड–१९ विरूद्धको खोप तथा अन्य चिकित्सा उपकरणको रूपमा सहयोग प्रदान गर्दै आएको छ ।