काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा करोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।