• आश्विन १ २०८३, बिहीबार

भोटेकोशी बाढीपीडितका लागि गुरुङ (तमु) बौद्ध धर्म केन्द्रद्वारा ४ लाख ८ रुपैयाँ सहयोग हस्तान्तरण

आश्विन १ २०८३, बिहीबार

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ गुरुङ (तमु) लामा बौद्ध धर्म केन्द्रद्वारा संकलित ४ लाख ८ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित पीडितहरुकोलागि केन्द्रले सहयोग हस्तान्तरण गरेको हो । सोही क्रममा केन्द्रका पदाधिकारीहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकम हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण कार्यक्रममा गुरुङ (तमु) लामा बौद्ध धर्म केन्द्रका पदाधिकारीहरू लामा गमबहादुर गुरुङ, लोपेन भुपेन गुरुङ र लोपेन निमा गुरुङ तथा संस्थाका सहकर्ता एवं गुरुङ बुद्धिज्मका अभियन्ता ध्रुवबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो।

केन्द्रले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि संकलित रकम हस्तान्तरण गर्दै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेको थियो भने साथै अर्थ मन्त्री वाग्लेले पनि सहयोग हस्तान्तरणमा पुगेका केन्द्रका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

केन्द्रका प्रतिनिधिहरूले विपद्को समयमा मानवीय सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने बताएका छन्।