• मंसिर १३ २०८१, बिहीबार

सेयर बजारमा ८८ अंकको पहिरो

मंसिर २६ २०७८, आईतवार

काठमाडौँ। पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो कारोबार दिननै ८८ अंकको गिरावट आएको छ । एकै दिन उच्च अंकको गिरावट आएसँगै परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको छ ।

परिसूचकमा ठूलो अंकको गिरावट आएको दिन कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्सेमा ३ अर्ब ३८ करोड २५ लाख रुपैयाँ बराबर ७४ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेको दिन आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ ।

जीवन बीमा समूहमा ५०७ अंक, निर्जीवन बीमा समूहमा ४९० अंक, विकास बैंक समूहमा २८१ अंक, व्यापार समूह १८९ अंक र उत्पादनमूलक समूहमा १८६ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा १७५ अंक तथा वित्त समूहमा एकसय अंकको गिरावट आएको छ ।

पछिल्लो समय बैंकहरुमा आएको तरलता अभावका कारणले बजारमा लगानीयोग्य रकम नहुँदा नेप्से निरन्तर घट्दै आएको छ ।