• फाल्गुन २५ २०८२, सोमबार

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

मंसिर २६ २०७८, आईतवार

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ।

प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । प्रम मोदीका दुई ट्वीटर अकाउन्टहरू छन् – @narendramodi र @PMOIndia। जहाँ @PMOIndia का ४५.४ मिलियन फलोअर्स छन्, भने @narendramodi का ७३.४ मिलियनभन्दा बढी फलोअर्स छन् ।

भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्वीटर प्रयोग गर्दै आएका छन् ।