• बैशाख ६ २०८२, शनिबार

अबदेखि ‘डी प्लस’ सम्म ल्याउने विद्यार्थीले मात्रै प्रमाणपत्र पाउने

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले परिक्षमा पास भएका विद्यार्थीलाई प्रमाणपत्र दिने निश्चित मापदण्ड तयार पारेको छ । बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ नतिजा ल्याउने विद्यार्थीलाई मात्रै प्रमाणपत्र प्रदान गर्नेगरी मापदण्ड तय गरेको हो ।

बोर्डले अङ्कन पद्धति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सो भन्दा कम भएका) अनुरुप  परिक्षामा सहभागी विद्यार्थीले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने मापदण्ड लागू गरेको छ । त्यस्तै अक्षराङ्कन पद्धति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी भएका) अनुरुप परीक्षामा सहभागी भइ कक्षा ११ र १२ का

सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

बोर्डले शैक्षिक योग्यताका प्रमाणपत्र लिइ सकेका विद्यार्थीलाई ग्रेडवृद्धि परिक्षा दिन नपाउने व्यवस्था बोर्डले गरेको छ । पहिले नै प्रमाणपत्र लिएर ग्रेडवृद्धिको परिक्षा लिएको खण्डमा नतिजा परिवर्तन नहुने मापदण्डमा बोर्डको उल्लेख छ ।