• बैशाख ६ २०८२, शनिबार

जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त, स्क्ल्जले सम्हाले कार्यभार

मंसिर २२ २०७८, बुधबार

एजेन्सी । जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त भएकी छन्। नयाँ चान्सलरका रूपमा आजबाट ओलाफ स्क्ल्जले कार्यभार सम्हालेका छन्।

नवनियुक्त  ६३ वर्षीय चान्सलर स्क्ल्जले पदभार ग्रहण गरे लगतै जर्मनीका जनता र देशका लागि डटेर काम गर्न  आफू प्रतिवद्ध रहेको बताए ।

जर्मनीको संसदमा पदमुक्त हुँदै गर्दा मर्केलले नयाँ चान्सलर स्क्ल्जलाई सदैव साथ र सहयोग गर्ने वचन दिएकी थिइन् ।