काठमडौं । हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका ४ जनाको मृत्यु भएको छ । भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा बुधबार सेनाको हेलिकोप्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त हेलिकोप्टरमा १४ जना सवार रहेका थिए ।
चीफ अफ डिफेन्स स्टाफ जनरल भारतीय सेनाप्रमुख विपिन रावत आफ्ना स्टाफ र परिवारका सदस्यहरूसँग विमानमा थिए । दुर्घटनामा परेको सेनाको हेलिकोप्टर एमआई सिरिजको हो । यसमा दुईवटा इन्जिन छन् ।
यस बारे थप जानकारी प्राप्त भइसकेको छैन ।