• बैशाख १३ २०८३, आईतवार

अष्ट्रेलियामा पनि भेटियो कोभिड ओमिक्रोन भेरियन्ट

मंसिर १२ २०७८, आईतवार

एजेन्सी। अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलोपटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन्।

पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षणमा उक्त सङ्क्रमण भेटिएको जनाएका छन्।