• मंसिर ५ २०८३, शुक्रबार

गोरखाको धार्चे-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेकपामा प्रवेश

मंसिर ४ २०८३, बिहीबार

गोरखा । नेकपा (एमाले) बाट निर्वाचित गोरखाको धार्चे गाउँपालिका-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

बिहीबार नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत खोर्लाबेंसीमा आयोजित कार्यक्रममा गुरुङ पार्टी प्रवेश गरेको नेकपा धार्चेका अध्यक्ष सूर्य गुरुङले जानकारी दिए । कार्यक्रममा नेकपाका नेताहरूले उनलाई खादा लगाएर स्वागत गरेका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा गुरुङ ३८७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका थिए । उक्त वडाका चार जना वडा सदस्य भने तत्कालीन नेकपा (माओवादी केन्द्र) ले जितेको थियो ।