• आश्विन १ २०८३, बिहीबार

१०० जना महिलाहरूलाई प्रमुखमा लडाउने हाम्रो संकल्प हो-गगन थापा

आश्विन १ २०८३, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आउँदो स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट कम्तीमा १०० महिलालाई प्रमुख पदको उमेदवार बनाइने बताएका छन् ।

आज बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले महिला सहभागितालाई बढाउने लक्ष्यसहित पार्टी अघि बढेको भन्दै सबैलाई एकजुट हुन आग्रह गरे ।

“कसैले कसैलाई रोक्ने, छेक्ने काम नगरौँ । पार्टीका साथीहरूलाई एकदमै धेरै ठाउँहरू सिर्जना गरिएको छ । नयाँ साथीहरूलाई पनि मौका छ, पुरानालाई पनि मौका छ,” उनले भने, “महाधिवेशनमा अहिले हजारौँ संख्यामा नवयुवाहरू आउँदै हुनुहुन्छ ।”

पार्टीलाई अघि बढाउने सबैको साथ चाहिनेमा उनले जोड दिए । “१०० जना महिलाहरूलाई प्रमुखमा लडाउने हाम्रो संकल्प हो,” उनले भने ।