• श्रावण २७ २०८३, बुधबार

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

श्रावण २७ २०८३, बुधबार

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ ।  दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक–२०८३’ सम्बम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक–२०८३’ सभा समक्ष पेस गर्नेछन् ।

यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने तयारी छ ।