• श्रावण २५ २०८३, सोमबार

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

श्रावण २५ २०८३, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ।

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो।

उनीविरुद्ध पोखरा विमानस्थल निर्माणमा कर छुट दिएकोमा भ्रष्टाचार गरेको आरोप थियो।