काठमाडौं l सशस्त्र प्रहरी बलको इन्टलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।
सो क्षेत्रमा लागुऔषध भण्डारण तथा बेचविखन भईरहेको भन्ने विषेश सूचनाको आधारमा एपीएफ इन्टलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुबर्ण थापा र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपराह्न लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१ नागपोखरी बस्ने बर्ष ४३ का प्रभात तिवारी, सर्लाहीको मंलेगवा–८ का सुजन रायमाझी, काठमाडौ– १४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, ललितपुरको बाग्डोल–४ बस्ने बर्ष ५१ को सविन श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलले बताएको छ ।
उनीहरूको साथबाट ब्राउन सुगर २९६.७५ ग्राम, बा ७ चः ५१८० नम्बर को होण्डा गाडी, टामाडोल २२ पता २२० क्याप्सुल, नाईटो भेट १३० क्याप्सुल, नेपाली रकम एक लाख ९८ हजार ३७५, अमेरिकी डलर ३३, जापानी येन १ हजार र लागुऔषधमा मिसाउने २२ वटा केमिकलको बोतल लगायत बरामद गरिएको बताइएको छ ।