• श्रावण ३ २०८३, आईतवार

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए नेकपा संयोजक प्रचण्ड

श्रावण ३ २०८३, आईतवार

काठमाडौं  l नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) श्रीलंकाको भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। उनी आइतबार दिउँसो करिब १२ बजे काठमाडौं आइपुगेका हुन्।

प्रचण्ड गत असार ३१ गते ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रीलंका प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा उनले श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित क्षेत्रीय स्थायित्व तथा आर्थिक उत्थानशीलतासम्बन्धी एसियाली संवादमा सहभागिता जनाएका थिए।