• असार २९ २०८३, सोमबार

सञ्चार माध्यमका कार्यालयमा शंकास्पद गाडी राखिएकोप्रति एमालेको आपत्ति

असार २९ २०८३, सोमबार

काठमाडौं । अनलाइन खबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद गाडी राखिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रेस नोट लेख्दै सञ्चारकर्मीलाई आतंकित पार्नेगरी गाडी राखिएकोप्रति आपत्ति जनाएका हुन् ।

‘कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरुको आवातआवात ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो,’ आचार्यले लेखेका छन्, ‘स्वतन्त्र रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो ।’

एमालेले सञ्चार क्षेत्रलाई भयभित बनाउने कामप्रति भर्त्सना गरेको छ । ‘सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भर्त्सना गर्दछौ,’ आचार्यले लेखेका छन् ।