• असार ११ २०८३, बिहीबार

आफ्नो परिचित नाम हटाइएकोमा रास्वपा केन्द्रीय सदस्य उम्मेदवार संग्रौला आक्रोशित

असार ११ २०८३, बिहीबार

काठमाडौँ । रास्वपाको केन्द्रीय सदस्यका उम्मेदवार ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै आक्रोश पोखेकी छन् ।

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै संग्रौलाले सुरु देखि नै आफ्नो परिचित नाम ज्वाला भएपनि मतपत्रमा टिका संग्रौलामा राखिएकाले मत दिनेहरु झुक्किएको भन्दै आक्रोश पोखिन् ।

मतपत्रमा ज्वाला नाम नदेख्दा प्रतिनिधिहरुले आफुहरुलाई भोट नहालि आएको उनको दावी छ । उनले नियतबस वा प्राविधिक त्रुटि हो भन्ने बिषयमा अनुसन्धानको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएको जानकारी दिइन् ।

उनले मतपत्रमा अन्य उम्मेदवारहरुको परिचित नाममा नै उल्लेख गरिएको र आफ्नो भने टिका संग्रौला राखिएकाले षडयन्त्र भएको हुनसक्ने तर्क गरिन् ।