काठमाडाैं । ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको भोटो जात्रा २०८३ को अवसरमा एन.सि.सि. अल्मुनाई एसोसिएशन नेपालले पहिलो पटक स्वयंसेवक परिचालन गर्दै सामाजिक सेवाको नयाँ अध्याय प्रारम्भ गरेको छ।
एसोसिएशनका ललितपुर जिल्ला सहनिर्देशक महेन्द्र रावलको नेतृत्वमा १८ सदस्यीय स्वयंसेवक टोली जात्रास्थलमा परिचालन गरिएको थियो। उक्त टोलीले भोटो जात्राको सुव्यवस्थित सञ्चालन, भीड व्यवस्थापन, सुरक्षा समन्वय तथा अनुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गरेको थियो।
पहिलोपटक यस ऐतिहासिक जात्रामा स्वयंसेवकका रूपमा सहभागी हुँदै एन.सि.सि. अल्मुनाई एसोसिएशन नेपालले सेवा, अनुशासन र राष्ट्रप्रतिको समर्पणलाई व्यवहारमा उतारेको छ।
स्वयंसेवकहरूको सक्रियता र सेवाभावले जात्राको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको आयोजक पक्षले जनाएको छ।
यस पुण्य कार्यमा सहभागी भई आफ्नो अमूल्य समय, श्रम र सेवाभाव समर्पण गर्नुहुने सम्पूर्ण स्वयंसेवकहरूप्रति एसोसिएशनले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।
“सेवा नै हाम्रो पहिचान, समर्पण नै हाम्रो अभियान।”