काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै वर्तमान सरकार ‘लोकल’ नभएर ‘एक्सप्रेस’ गाडी भएको बताएका छन् ।
पार्टीका वरिष्ठ नेता समेत रहेका साहले ‘नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ’ भन्दै मन्तव्य सुरू गरेका थिए । उनले ‘‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि लाउनुपर्छ भनेर धेरैले चिन्ता व्यक्त गरेको’’ पनि बताए ।
बालेनले अघि भने, ‘‘लोकल रोडहरूमा हिँड्दाखेरि यो ठिक कुरा हो । तर, हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो । यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यभन्दा अगाडि ब्रेक लगाउनुपर्दैन । यो अनियन्त्रित पनि छैन ।’’