• असार ७ २०८३, आईतवार

लिङ्ग्देनलाई घेराबन्दी गर्न राप्रपाको असन्तुस्ट पक्षको भेला हुँदै

असार ७ २०८३, आईतवार

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का असन्तुष्ट पक्षको भेला आज सुरु हुने भएको छ ।

केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेविज गार्डेनमा सुरु हुन लागेको हो ।

बैठक महामन्त्री कुन्ती शाहीले सञ्चालन गर्नेछिन् । कमल थापाको तर्फबाट भरखरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ ।

भेलामा करिब १०० जना केन्द्रीय सदस्यको उपस्थित हुने अनुमान गरिएको सहायक महामन्त्री प्रेम बलायरले बताए ।

महाधिवेशन नजिकिँदै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी सुरु गर्न भेला आयोजना गरिएको बताइएको छ ।

असार ५ र ६ गते केन्द्रीय सदस्य बाहेकका अनधिकृत व्यक्तिहरू समावेश गरेर कोरमसमेत नपुगेको बैठकले गरेका निर्णयहरू मान्न बाध्य नहुने र महाधिवेशन बाहेका सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ ।