काठमाडौं । थकाली महिला संघले आयोजना गरेको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास सम्बन्धी ७ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । थकाली महिलाहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास गर्नकोलागि प्रशिक्षण तालिम दिइएको हो।

७ दिने प्रशिक्षण तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका अध्यक्ष शोभा सुनुवारले क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास तालिममा सहभागी भई थकाली महिलाहरुले आफ्नो क्षमता तथा व्यक्तित्व विकास गर्न सफल भएकोमा खुशी व्यक्त गरिन् । राष्ट्रिय आदिबासी महिला महासंघमा थकाली महिला संघको ठूलो योगदान रहेको बताउँदै संघप्रति धन्यवाद दिईन् । पछिल्लो समय थकाली महिला संघको नेतृत्व समाल्नु भएकी अध्यक्ष कल्पना भट्टचनको कार्यशैली निकै नै फलदायी भएको भन्दै गर्व लागेको बताइन् । अध्यक्ष सुनुवारले कार्यक्रममा बोल्दै संविधानले दिएको अधिकार भाषा ऐन आदिबासी जनजातिका केही समुदायमा लागु भइसकेको बताउँदै विस्तारै सबै आदिबासीमा लागु हुँदै जानु पर्ने धारणा राखिन् । भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे समुदाय बाँच्ने भएको हुँदा आदिबासीले आफ्ना भाषा, धर्म संस्कृति परम्परा बचाउन एकजुट भएर लाग्नु पर्नेमा जोड दिइन् । साथै महिलाहरुले आफ्नो अधिकार प्राप्तीकोलागि घरबाटै आवाज उठाउँदै अघि बढ्न पनि अध्यक्ष सुनुवारको सुझाव रहेको थियो।

त्यसैगरी कार्यक्रमका विशेष अथिति सञ्चारकर्मी कोमल शेरचनले कार्यक्रममा बोल्दै क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिर्दै आफूलाई थकाली हुनुमा गौरव लागेको बताईन् । लामो समय सञ्चार क्षेत्रमा आबद्ध भएर काम गर्दै आउँदाको तिता मिठा अनुभवहरु सुनाईन्। सञ्चारकर्मी शेरचनले कार्यक्रममा बोल्दै भनिन्–समाजमा पुरुषले महिलाहरुलाई अघि बढाउनु पर्छ भनिएता पनि व्यवहारमा लागु हुन सकेको छैन। महिला स्यंम केही गर्छु भनेर अगाडि बढ्नकोलागि हरेक ठाउँमा समस्या र चूनौतिहरु आउने गर्छ । चाहे आफ्नै घर किन नहोस् या समाज, तर पनि महिलाहरुले हिम्मतका साथ अगाडि बढ्न सक्यो भने पक्कै पनि सफलता पाउन सक्छ । लामो समय सञ्चार क्षेत्रका कर्म गर्दै आएकी शेरचनले सञ्चार क्षेत्रमा आर्थिकको अभाव भएता पनि नाम भने कमाउन सक्ने बताइन् । सञ्चार क्षेत्रमा थकाली महिलाहरुको संख्या एकदमै कम भएको हुनाले अब आउने दिनहरुमा सञ्चार क्षेत्रमा थकाली महिलाको पहुँच हुनु पर्नेमा जोड दिईन् । हरेक क्षेत्रमा सफलता पाउनकोलागि अध्ययन हुनु पर्ने बताउँदै नयाँ पुस्ताहरु प्रविधिको प्रयोग मार्फत आफ्नो क्षमता बढाउँदै अगाडि बढ्नु पर्ने सञ्चारकर्मी शेरचनले बताईन् ।

थकाली युवा परिवार काठमाडौंका अध्यक्ष मन्जिल शेरचनले पनि क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिए । तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा उर्तादै नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्ने बताए । अध्यक्ष शेरचनले कार्यक्रममा बोल्दै भने– समयले के माग गरेको छ त्यो विषयबस्तु बुझेर अगाडि बढ्न सक्नुपर्छ । तालिम आफैमा राम्रो सिकाई भएको बताउँदै तालिममा सिकेका सीप ज्ञानलाई व्यवहारमा उतार्न सके आफ्नो व्यक्तित्व विकास गर्दै नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने अध्यक्ष शेरचनको भनाई थियो ।

पत्रकार दिपा आलेले पनि समापन कार्यक्रममा बोल्दै हरेक महिलाहरु क्षमतावान हुनुपर्नेमा जोड दिइन् । थकाली समुदायका महिलाहरु पनि राज्यको हरेक तह र तप्कामा पुग्नकोलागि ठूलो सपना देख्नु पर्ने बताउदै सपनालाई पुरा गर्न निरन्तर अघि बढ्नु पर्ने सुझाव दिइन्। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरु पनि क्षमतावान दक्षतावान भएर घर देखि समाज हुँर्दै भोलि गएर यो देशको बागडोर सम्मान सक्ने हुटहुटी हुनुपर्नेमा पत्रकार आलेको जोड थियो । हरेक संघ संगठनलाई सफल बनाउन अध्यक्षमात्र नभई कार्यसमिति तथा समुदायको साथ र सहयोग पाउन सक्यो भने मात्र सफल हुने पत्रकार उनको भनाई थियो । त्यसैगरी आदिबासी जनजाति समुदायका महिलालाई मातृसत्ता भनेतापनि सामाजिक, राजनैतिक क्षेत्रको नेतृत्व तहमा पुग्नकोलागि अहिले पनि महिलाहरुले निकै नै र्सघर्ष गरेको बताईन् । उनले भनिन– सपना सधैं ठूलो देख्नुपर्छ र त्यसलाई पुरा गर्न निरन्तरता, धैर्यता र मेहनत चाहिन्छ। संसारमा असम्भव भन्ने केही चिज छैन त्यसलाई पुरा गर्न प्रत्येक मानिसमा दृढ संकल्प हुनु पर्छ ।

त्यसैगरी कार्यक्रम बोल्दै थकाली महिला संघका संस्थापक अध्यक्ष एवंम वर्तमान सल्लाहकार यसो कान्ति भट्टचनले थकाली महिलाहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने अवसर दिएकोमा साझेदार संस्था टेवालाई धन्यवाद दिईन् । थकाली महिला संघले महिलाहरुलाई नेतृत्व तहमा ल्याउनकोलागि विगत देखि हालसम्म सक्रिय भएर विभिन्न सीप मुलक कार्यक्रम गर्दै आएको बताईन् । सल्लाहकार भट्टचनले कार्यक्रममा बोल्दै आदिबासी जनजातिहरुले आफ्ना भाषा, धर्म संस्कृति तथा परम्परालाई जोगाउदै जानु पर्नेमा बताइन् । उनले भनिन्–हाम्रो लागि पहिचान र अस्त्तिव भन्दा ठूलो कुरो अर्को छैन। हाम्रो पहिचान र अस्त्तिवलाई बचाउन हामी एकजुट भएर लागि राख्नु पर्छ । महिलाहरुलाई हरेक क्षेत्रमा अगाडि बढ्न निकै गाह्रो र चूनौति छ तर त्यो चूनौति र बाधा अड्चनलाई पार गर्दै अगाडि बढ्दै जानु पर्ने सल्लाहकार भट्टचनले सुझाव दिइन् ।

क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास प्रशिक्षण तालिमको समापन कार्यक्रममा बोल्दै थकाली महिला संघका अध्यक्ष कल्पना भट्टचनले थकाली महिलाहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका प्रशिक्षण तालिम मार्फत सहयोग गरेको भन्दै साझेदार संस्था टेवालाई धन्यवाद दिईन् । साथै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पनि धन्यवाद दिर्दै तालिममा सिकेका ज्ञान सिपलाई व्यवहारमा उतार्दै समाज र संघ संस्थाकालागि सदुपयोग गर्नु पर्ने सुझाव दिइन्। समापन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टचनले सभागी प्रशिक्षार्थीहरुलाई आफूले सिकेका ज्ञान सिपलाई व्यवहारमा उर्तादै अधिकार प्राप्तीकालागि पहिलो बाटो आफ्नै जातीय संघसंस्था भएको बताइन् । आउने दिनहरुमा थकाली महिला संघले अन्तरक्रिया जस्ता विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर महिलाहरुको आत्माविश्वास तथा नेतृत्व विकास गरिने समेत जानकारी दिईन् । अन्तिममा अध्यक्ष भट्टचनले संघले आयोजना गरेको कार्यक्रममा ७ दिनसम्म निरन्तर तालिममा आएर आफ्नो क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास गर्न सफल भएको भन्दै सबै सहभागी तथा कार्यसमितिलाई धन्यवाद व्यक्त गरिन्।

थकाली महिला संघका अध्यक्ष कल्पना भट्टचनको अध्यक्षतामा भएको ७ दिने प्रशिक्षण तालिममा स्वागत मन्तब्य संघका उपाध्यक्ष प्रज्ञा शेरचनले गरेकी थिइन् । संस्थाका महासचिव विपिन शेरचन तथा प्रशिक्षण तालिमका प्रशिक्षार्थी जुनी भट्टचनले कार्यक्रमको सहजीकरण गरेका थिए।


७ दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा निम्लेकी शेर्पा र नेहा गौचन रहेकी थिइन् उनीहरुले पनि ७ दिने प्रशिक्षण तालिममा थकाली महिलाहरुलाई प्रशिक्षण दिन पाउँदा निकै नै खुशी लागेको बताउँदै अवसरकोलागि संघलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।


कार्यक्रममा प्रर्शिक्षार्थी सहभागीहरु ४१ जना रहेका थिए ।समापन कार्यक्रममा प्रशिक्षार्थीहरुको अनुभव सिकाई सम्बन्धी वक्ताहरुमा दिपा गौचन हरि भटटचन (थकाली गीत), बबिता शेरचन, शान्ति शेरचन रहेका थिए । ७ दिने प्रशिक्षण तालिमको साझेदार संस्था टेवा रहेको छ। यो तालिम थकाली चुलो महाराजगन्ज चक्रपथमा भएको हो। समापन कार्यक्रममा थकाली समुदायको संस्कृति झल्कीने गीत तथा नृत्य समेत देखाइएको थियो।साथै संघले प्रमुख अतिथि विशेष अतिथि र अथितिहरुलाई मायाको चिनो दिएर सम्मान गरेको यियो । प्रशिक्षार्थीहरुलाई संघले प्रमाण पत्र समेत प्रदान गरेको हो ।









